Rule 159
विद्यालय सम्पति संरक्षण समितिको काम, कर्तव्य र अधिकार
विद्यालय सम्पति संरक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विद्यालयको नाममा प्राप्त भई दर्ता हुन बाँकी रहेको जग्गा दर्ता गर्ने व्यवस्था मिलाउने,
(ख) विद्यालयको नाममा रहेको सम्पत्तिलाई अधिकतम फाइदा हुने काममा प्रयोग गर्न व्यवस्थापन समितिलाई निर्देशन दिने,
(ग) विद्यालयको नाममा रहेको जग्गाको आयस्ता असूल उपर गर्ने व्यवस्था मिलाउने,
(घ) विद्यालयको सम्पत्ति कसैबाट हानी–नोक्सानी हुन गएमा सो भराउने व्यवस्था गर्ने,
(ङ) विद्यालयको विकास गर्ने काममा बाहेक विद्यालयको नाममा दर्ता भएका जग्गा वा अन्य सम्पत्ति बेचविखन गर्न नदिने,
(च) विद्यालयको जग्गा संरक्षण गर्न जिल्ला शिक्षा अधिकारी तथा प्रधानाध्यापकलाई सहयोग गर्ने ।